चट्याङ लागेर एक महिलाको मृत्यु

चट्याङ लागेर एक महिलाको मृत्यु


बागलुङको गल्कोट नगरपालिका–११ रिघा, तुतुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी सोही ठाउँकी ३८ वर्षीया पूर्णा श्रीसको चट्याङ लागेर मृत्यु भएको वडाध्यक्ष डम्बर श्रीसले बताए । शव परीक्षणका लागि इलाका प्रहरी कार्यालय हरिचौरले लगेको छ ।

सोही स्थानमा गत वर्ष पनि चट्याङ पर्दा पशुचौपाया मरेका थिए । बागलुङमा आज दिउँसोदेखि अविरल वर्षासँगै चट्याङ परेको थियो । यसैगरी मध्यपहाडी लोकमार्गअन्तर्गत बडिगाड गाउँपालिका– ६, मार्केमा ट्याक्सीको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । घ १ ज ५८२ नंको ट्याक्सीले ठक्कर दिँदा स्थानीय ५० वर्षीया कुमारी थापा घाइते भएका हुन् । थापाको टाउको र दाँहिने खुट्टामा गम्भीर चोट लागेकाले बडिगाड पोलिक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि भैरहवा पठाइएको ग्वालीचौर प्रहरी चौकीले जनाएको छ । ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।