विप्लवका जिल्ला इञ्चार्ज प्रहरी नियन्त्रणमा

विप्लवका जिल्ला इञ्चार्ज प्रहरी नियन्त्रणमा


‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उनलाई रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति (सोमबार राति) सोही ठाउँबाट पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नकाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।