अन्तर्राष्ट्रिय हाईस्कूल करातेमा भारत, पाकिस्तान, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय हाईस्कूल करातेमा भारत, पाकिस्तान, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने


नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार हाईस्कूल केन्द्रिय कमिटीको आयोजनामा २४ औं अन्तर्राष्ट्रिय हाईस्कूल कराते प्रतियोगिता आगामी जेठ १३ गते देखि हुने भएको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत ,बंगलादेश, पाकिस्तान र भुटानका करिव एक हजार तीनसय खेलाडीहरुको सहभागिता हुने कुरा कार्यक्रम संयोजक गजेन्द्र बहादुर खपाङ्गीले जानकारी गराए ।

प्रतियोगितामा पुरुषतर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा २०, २३, २५, २७, ३०, ३३, ३५, ४० र पुरुष सिनियरतर्फ (४५, ५०, ५५, ६०, ६७, ७५, ८४ र किलोमा र एकल काता गरी १५ ईभेन्टस् प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै. महिलातर्फ जुनियर तथा क्याडेट २०, २३, २५, २७, ३०, ३३, ३५,४० र महिला सिनियर तर्फ ४५, ५०, ५५, ६१, ६७, ६८ किलो तौल समुहमा र एकल काता गरी १५ ईभेन्टस्गरी कुल ३० स्वर्णका निम्ति प्रतिस्पर्धा हुने संयोजक खपाङ्गीले बताए ।

दुई दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित टेवल टेनिस हलमा संचालन हुनेछ ।