एनसेलको ‘ट्राभलर्स’ सिम बजारमा

एनसेलको ‘ट्राभलर्स’ सिम बजारमा


एनसेलले नयाँ योजनासहितको ‘ट्राभलर्स’ सिम बजारमा ल्याएको छ । एनसेलले विदेशी पर्यटकहरुलाई लक्षित गरी यो सिम बजारमा ल्याएको हो ।

नेपाल भ्रमणका क्रममा कुनैपनि मुलुकका पर्यटकले यो सिम प्रयोग गर्न सकिने एनसेलले जनाएको छ । पर्यटकले नेपालमा रहँदासम्म प्रयोग गर्न सक्नेगरी आजदेखि सेवा सुरु गरेको हो । ट्राभलर्स’ सिम पर्यटकले नेपाली ११० रुपैंयामा प्याक खरिद गर्न सक्नेछन् ।

एनसेलको ट्राभलर्स सिममार्फत भ्वाइस तथा डेटा बन्डलिङको सेवा तथा आफ्नो आवश्यकता अनुसार विभिन्न भोल्युमका कम्बो प्याक लिन सक्नेछन् । स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिमसहित ३० रुपैंयाँको मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३ सय एमबी डेटा प्राप्त गर्नेछन् । ट्राभलर्स सीम मार्फत प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटर्वकभित्र कुरा गर्न प्रयोग गर्न सकिने एनसेलले जनाएको छ ।