इटहरीमा अन्तर्राष्ट्रियस्तरको भीआईपी प्यारापिटको शिलान्यास

इटहरीमा अन्तर्राष्ट्रियस्तरको भीआईपी प्यारापिटको शिलान्यास


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले इटहरीमा अन्तर्राष्ट्रियस्तरको भीआईपी प्यारापिटको शिलान्यास गरेका छन् ।

इटहरी रंगशालामा निर्माण हुने उक्त अन्तर्राष्ट्रिय भीआईपी प्यारापिटको वैशाख २७ गते सदस्यसचिव विष्टले शिलान्यास गरेका हुन् ।

सो अवसरमा उपमहानगरपालिकाका मेयर, इटहरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापालगायत खेलकुद पदाधिकारी, खेलाडीहरूको उपस्थिति रहेको थियो ।