आईपीएलको विजयीले २० करोड भारु पाउने

आईपीएलको विजयीले २० करोड भारु पाउने


इन्डियन प्रिमियर लिग आईपीएलको फाइनल खेल वैशाख २९ गते राति हैदराबादमा हुँदै छ । फाइनलमा विजयी हुने टोलीले २० करोड भारु पाउनेछ । त्यस्तै दोस्रो हुने टिमले १२ करोड ५० लाख पाउनेछ ।

त्यस्तै, सर्वाधिक रन बनाएर ‘अरेन्ज क्याप’ प्राप्त गर्ने खेलाडीले १० लाख र सर्वाधिक विकेट लिएर ‘पर्पल क्याप’ प्राप्त गर्नेले १० लाख प्राप्त गर्नेछन् ।

आईपीएलको फाइनल खेल मुम्बई इन्डियन र चेन्नई सुपर किंगबीच हुँदै छ ।