आइपीएलको फाइनल आज राति





मुम्बई इन्डियन र चेन्नई सुपर किङ्ग आईपीएलको १२औँ संस्करणको फाइनलमा प्रवेश गरेका छन् । वैशाख २९ गते आइतबार राति यी दुई टिमबीच फाइनल खेल हुनेछ । फाइनल खेल हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

आईपीएलको इतिहासमा मुम्बई र चेन्नई सबैभन्दा सफल टिम हुन् । यी दुवै टिमले तीन–तीनपटक आईपीएलको उपाधि जितेका छन् । अब चौथोपटक कसले उपाधि जित्ला त्यो आजको खेलबाट थाहा हुनेछ ।

फाइनल खेल निकै रोचक र सनसनीपूर्ण हुने अड्कल काटिएको छ । लिग चरणको खेल र अहिलेसम्म यी दुई टिमबीच भएको फाइनल खेलमा मुम्बईले बाजी मारेको छ । क्रिकेटमा जे पनि हुन सक्छ– चेन्नईले बाजी मार्न पनि सक्छ । तर, ढिलो शुरुवात गर्ने मुम्बईलाई फाइनलको दाबेदार मानिएको छ ।

प्रतिक्रिया