काठमाडौंमा समृद्धि रियलस्टेटको कर्पोरेट कार्यालय

काठमाडौंमा समृद्धि रियलस्टेटको कर्पोरेट कार्यालय


पारदर्शी र वैज्ञानिक रुपमा घर–जग्गा किनबेचको बढ्दो मागलाई ध्यानमा राख्दै समृद्धि रियल स्टेट नामक कम्पनीले आफ्ना ग्राहकलाई पायक पर्ने हिसाबले काठमाडौंको केन्द्रमा पर्ने सिटीसेन्टर कमलपोखरीमा आफ्नो कर्पोरेट कार्यालय सञ्चालनमा ल्याएको छ । शनिबार कार्यालय उदघाटनका साथै नेपालमा रियल स्टेट व्यवसायमा अन्तर्राष्ट्रिय स्तरको एआइसी सिस्टमको पहिलोपटक आरम्भ गरिएको हो ।

राष्ट्रिय गानका रचयिता ब्याकुल माइला (प्रदीप कुमार राई)ले कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरी कर्पोरेट कार्यालयको उद्घाटन गरेका थिए ! सो अवसरमा कम्पनीको वेब पेजमा गएर आफ्नो फोन नम्बर दिएपछि कम्पनीबाट चौबिसै घन्टा रियल स्टेटसम्बन्धी सूचना प्राप्त गर्न सकिने जानकारी दिइएको थियो ।

उक्त कार्यक्रममा एनआरएनए बेल्जियमका प्रथम अध्यक्ष तथा एनआरएनए आइसीसी कृषि प्रवर्द्धन समितिका संयोजक युवराज गुरुङ, पत्रकार महासंघ युरोपका बरिष्ट उपाध्यक्ष डिल्लीराम अम्माई, एनआरएनए आइसीसी कृषि प्रवर्द्धन समितिका सदस्य एवम् रबरखेती विज्ञतिलक भण्डारी, एनरियो नेपालका महासचिव विनोद सुवेदी, एनरियो नेपालका सचिव हमिद खान, एनआरएनए युकेका सल्लाहकार डा. रामकुमार अधिकारी, हाइली स्कील एसोसिएसन युकेका पुर्र्वअध्यक्ष पुण्य रेग्मी, क्लब ५० का अध्यक्ष दमन बस्नेत विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन समृद्धि रियल स्टेटका सेल्स डाइरेक्टर निलम आचार्यले गरेका थिए भने एआइसी सिस्टमको चाट बोर्डका बारेमा एमडी जनक भट्टराईले जानकारी गराए ।

कम्पनीबारे संक्षिप्त जानकारी दिँदै समृद्धि रियल स्टेटका मार्केटिङ डाइरेक्टर एवम् एनआरएनए युकेका उपाध्यक्ष ललितकुमार न्यौपानेले स्वागत भाषण गरेका थिए । भर्खर खोलिएको कार्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रमुख अतिथि ब्याकुल माइला, सामाजिक अभियन्ता युवराज गुरुङ, डिल्लीराम अम्माई, विनोद सुवेदीले कम्पनीको सफलाताको कामना गर्दै शुभकामना मन्तब्य दिएका थिए ।

कार्यालय उदघाटनमा डेपुटी सीएओ भरत केसी, सेल्स डाइरेक्टर सुमन राई लगायत कम्पनीका कर्माचारीहरू, प्रोपटी ब्यवसायमा संलग्न विशिष्ट महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो । विशिष्ट अतिथिहरूलाई कम्पनीका सञ्चालकहरूद्वारा मायाको चिनोसहित जलपान गराएर कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रममा आगन्तुकहरूलाई धन्यवाद ज्ञापन गर्दै कम्पनीका फाउन्डर सीएओ साम सुर्य तामाङले कार्यक्रमको विसर्जन गरेका थिए ।

अहिलेसम्म यो कम्पनीले काठमाडौमा चार, नेपाल दस र प्रवासमा दसवटा कार्यालयको स्थापना गरिसकेको छ भने सम्पर्क कार्यालय पचासभन्दा माथि रहेको छ ।