भारतमा बस दुर्घटना, १५ जनाको मृत्यु





भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रहरीका अनुसार आन्द्र प्रदेशको करनुल जिल्लामा यात्रुबाहक बस अर्को सवारीसाधनसँग ठोक्किएको थियो । घाइतेलाई उपचारका लागि नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमले १३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अरू दुईको उपचारका क्रममा मृत्यु भएको जनाएका छन् ।

मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी तेलंगाना राज्यको गडवाल जिल्लाका स्थानीयबासी रहेका छन् । उनीहरू वैवाहिक कार्यक्रमपछि घर फर्कंदै थिए ।

प्रतिक्रिया