अन्तर्राष्ट्रिय जुनियर करातेमा ठमेल च्याम्पियन

अन्तर्राष्ट्रिय जुनियर करातेमा ठमेल च्याम्पियन


आयोजक नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोले पाँचौँ अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिताको उपाधि जितेको छ । ठमेलले ८ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै च्याम्पियन बनेको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा भारत दोस्रो तथा भक्तपुर डोजो तेस्रो भए । पुरुषमा अभिषेक तामाङ तथा महिलामा सम्पदा बास्तोला उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायतले पुरस्कृत गरेका थिए । सो अवसरमा विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता आठ वर्षीय आर्यन रञ्जितलाई सम्मान गरिएको थियो ।