राष्ट्रिय सभाका उपाध्यक्षसहित केही नेतालाई जेलमा राख्न आदेश

राष्ट्रिय सभाका उपाध्यक्षसहित केही नेतालाई जेलमा राख्न आदेश


‘आतंकवाद सम्बन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा भेनेजुएलास्थित राष्ट्रिय सभाका उपाध्यक्षसहित केही नेतालाई जेलमा राख्न यहाँको सर्वोच्च अदालतले आदेश दिएको छ ।

सरकारविरुद्ध उत्रिन आह्वान गरेका राष्ट्रिय सभा उपाध्यक्ष इड्गार जाम्ब्रानो लगायतका अन्य नेताहरुलाई जेल हाल्न यस्तो आदेश दिएको हो ।

भेनेजुएलामा गत अप्रिल ३० तारिखमा विपक्षी नेता हुवान गुएइदो, उपाध्यक्ष जाम्ब्रानोसहित विपक्षी समूहले राष्ट्रपति निकोलस मुदुरोलाई पदमुक्त गराउने मागसहित सरकारविरुद्ध उत्रिन आह्वान गरेका थिए ।

ती नेताहरूमाथि सरकारी सुरक्षा अधिकारीहरूलाई अनुसन्धान गर्न लगनइएको थियो । तीनीहरूकै सिफारिसका आधारमा अदालतले उनीहरूलाई जेलमा राख्न आदेश दिएको जनाइएको छ ।