फाइनलमा लागि दिल्ली र चेन्नई भिड्दै

फाइनलमा लागि दिल्ली र चेन्नई भिड्दै


आईपीएल क्वालिफाई राउन्ड दुईको भिडन्त वैशाख २७ गते शुक्रबार राति हुँदै छ । यो भिडन्त दिल्ली क्यापिटल र तीनपटकको आईपीएल च्याम्पियन चेन्नई सुपर किङ्गबीच हुँदै छ ।

खेल विशाखापत्तनमको डा. वाईएस राजशेखर रेड्डी एसीए–बीडीएस रंगशालामा हुनेछ । दिल्लीले प्लेअफ राउन्डको एलिमिनेटर भिडन्तमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो भने चेन्नई क्वालिफाई राउन्डमा मुम्बईसँग पराजित भएको थियो ।

यो खेलमा दुवै टिमलाई जितका लागि त्यत्तिकै दाबेदार मानिएको छ । चेन्नईको ब्याटिङ क्रममा कमजोर देखिनु र दिल्लीको ब्याटिङ उत्कृष्ट देखिनुले यो क्वालिफाई राउन्ड निकै सनसनीपूर्ण हुने अड्कल काटिएको छ । आज अनुभवी धोनी र युवा खेलाडी रिषभ पन्तबीच हुने भिडन्तमा कसले बाजी मार्ला– त्यो अहिले चर्चाको विषय बनेको छ ।

आजको विजयी टिम आईपीएलको फाइनलमा पुग्नेछ । फाइनलमा पुग्ने टिमले तीनपटकको आईपीएल च्याम्पियन मुम्बई इन्डियनसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।