लस एन्जलसबाट एक हजार बन्दुक जफत

लस एन्जलसबाट एक हजार बन्दुक जफत


अमेरिकाको लस एन्जलस शहरबाट सरकारी अधिकारीहरूले एक हजारभन्दा बढी हातेबन्दुक र राइफलहरू जफत गरेका छन् । ती हतियारहरू सर्वसाधारणका लागि खतरापूर्ण लागेकाले नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

हातहतियारहरू जफत गर्ने क्रममा एक व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ ।

यति ठूलो मात्रामा हातहतियार एकसाथ जफत गरिएको अमेरिककाकै इतिहासमा यो बिरल अवस्था भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

‘मैले काम गर्न थालेको अहिले ३१ वर्ष भयो, अहिलेसम्म यति धेरै हातहतियार मैले देखेको थिइनँ,’ एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

केही समय अगाडि यस्तै हातहतियारहरूको प्रयोगले हिंसात्मक घटना भएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि खतरा लागेका हातहतियारहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।