अमेरिकामा बढ्यो प्रसूतिजन्य मृत्युदर

अमेरिकामा बढ्यो प्रसूतिजन्य मृत्युदर


संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ । यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको सिन्ह्वाले जनाएको छ ।

अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी)का अनुसार सन् २०११ देखि २०१५ को अवधिमा तीन हजार ४०० भन्दाबढी महिलाको मृत्यु भएको थियो । अर्थात् प्रति एक लाख जीवित जन्ममा करिब १७.२ मृत्यु हुने गरेको छ ।

गोरा जातिका महिलामध्ये प्रति जीवित जन्ममा १३ जनाको मृत्यु हुने गरेको छ । काला जातिका महिलामा भने योभन्दा तीन गुणा बढी छ । प्रति एक लाख जीवित जन्ममा ४२ जनाभन्दा बढी आमाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

यी मृत्युमध्ये ३३ प्रतिशतको मृत्यु एक सातादेखि एक वर्षभित्र हुने गरेको छ । आमाको मृत्यु हुने मुख्य कारणमा मुटुरोग, सङ्क्रमण र रक्तश्राव रहेका छन् ।

सीडीसीको प्रतिवेदनमा मृत्यु भएकामध्ये करिब ६० प्रतिशतलाई बचाउन सकिने उल्लेख छ । राज्य र समुदाय समेतका स्वास्थ्य सेवा प्रदायकको प्रभावकारी भूमिकाबाट महिलालाई जोगाउन सकिने प्रतिवेदनमा जनाइएको छ ।