नामिबियामा हात्तीको सङ्ख्या २४ हजार

नामिबियामा हात्तीको सङ्ख्या २४ हजार


नामिबियामा अहिले हात्तीको सङ्ख्या झण्डै २४ हजार पुगेको सो देशका राष्ट्रपतिले बताएका छन् । सन् १९९५ मा सात हजार पाँच सय रहेको हात्तीको सङ्ख्या बढेर अहिले २४ हजार पुगेको राष्ट्रपति हग गेइङगोबले जानकारी दिएका हुन् ।

बोत्स्वानामा भएको हात्तीसम्बन्धी सम्मेलनमा उनले आफ्नो देशमा यदाकदा मान्छे र हात्तीका बीचमा समस्या आउने गरेको खुलासा पनि गरेका सिन्ह्वाले जनाएको छ ।

आफ्नो देशमा हात्तीको संरक्षण, व्यवस्थापन र योजनाका लागि सहयोग गर्न अन्य देशहरूलाई आग्रह गर्दै उनले हात्तीले गर्ने क्षति न्यूनीकरण गर्नका लागि नामिबियाले निरन्तर प्रयास गरिरहेको राष्ट्रपति बताए ।