पपुवान्युगिनीमा ७.२ म्याग्निच्युडको भूकम्प

पपुवान्युगिनीमा ७.२ म्याग्निच्युडको भूकम्प


पपुवान्युगिनीमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको एक सय २७ किलोमिटर गहिराइमा भूकम्पको केन्द्र रहेको यूएसजीएसले जनाएको छ । यूएसजीएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

यस भूकम्पपछि धनजनको क्षतिसम्बन्धी कुनै पनि समाचार प्राप्त भएको छैन । यस भूकम्पपछि सुनामीको कुनै सूचना पनि जारी गरिएको छैन ।

पपुवान्युगिनीमा केही समयकै अन्तरालमा यो दोस्रो शक्तिशाली भूकम्प आएको हो ।