कान्तिपुर र मिडिया हब प्रिक्वार्टरफाइनलमा

कान्तिपुर र मिडिया हब प्रिक्वार्टरफाइनलमा


नेपाल विज्ञापन संघ आनको आयोजनामा दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ शुरु भएको छ । प्रतियोगितामा व्यावसायिक प्रतिष्ठान, सञ्चारगृह र विज्ञापन एजेन्सीका गरी ३२ टिमले सहभागिता जनाएका छन् । उनीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । सानेपाको फिल्ड फुटसलमा शुरु प्रतियोगिताको पूर्वअध्यक्ष माधवराज तिमिल्सिना र अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशि’ले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

फुटसल प्रतियोगितामा समूह ‘जी’बाट कान्तिपुर मिडिया ग्रुप र क्यूएफएक्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । कान्तिपुर अपराजित रहँदै अन्तिम १६ मा पुग्दा क्यूएफएक्सले कान्तिपुरसँग पराजित भए पनि प्रिज्मार्कसँग बराबरी र नयाँ पत्रिकालाई पराजित गरेर प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

कान्तिपुर मिडिया ग्रुपले नयाँ पत्रिकामाथि २–० गोलको जित निकाल्दै प्रतियोगिताको सुखद शुरुवात गरेको थियो । यसैगरी कान्तिपुरले दोस्रो खेलमा प्रिज्मार्कलाई ३–२ गोलले निराश बनाउँदा क्यूएफएक्समाथि २–० गोल को जित दर्ता गरेको थियो । क्यूएफएक्सले प्रिज्मार्कसँग १–१ गोलको बराबरी खेलेको थियो भने नयाँ पत्रिकालाई ३–२ गोलको जित दर्ता ग¥यो ।

समूह ‘एच’बाट मिडिया हब र एड रिलिजले प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । मिडिया हबले तीनवटै खेल जित्दा एड रिलिजले २ खेल जित्न सफल भयो । मिडिया हबले मार्समाथि २–१ गोल अन्तरले जित निकाल्दा की एड्भरटाइजिङमाथि १ का विरुद्ध १० गोल र एड रिलिजमाथि १–० को जित निकाल्न सफल भयो । यसैगरी एड रिलिजले की एडभरटाइजिङलाई ६–० गोलअन्तरले पराजित गर्दा मार्समाथि ५–२ गोलअन्तरको जित दर्ता गरेको आनका महासचिव राजु कुइँकेलले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत वैशाख २४ गते मंगलबार समूह ‘ई’ र ‘एफ’का समूह चरणका सबै खेल हुनेछन् । समूह ‘ई’मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ«े बैंक रहेका छन् । समूह ‘एफ’मा मिडिया बास्केट, पिक्सन इन्जिनियरिङ, फ्युचर हब र सुश्री मिडिया रहेका छन् ।