अन्तर्राष्ट्रिय जुनियर कराते शुक्रबारदेखि

अन्तर्राष्ट्रिय जुनियर कराते शुक्रबारदेखि


नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा पाँचौँ अन्तराष्ट्रिय जुनियर कराते प्रतियोगिता वैशाख २७ गते शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालबाट चार सय, भारतबाट एक सय ८० र बंगलादेशबाट १० गरी पाँच सय ९० खेलाडीको सहभागिता रहने आयोजक ठमेल शाखा डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् । जम्मा ४० स्पर्धामा भिडन्त हुनेछ ।

दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ । प्रतियोगिताका दौरान अन्तर्राष्ट्रिय पदक विजेतालाई सम्मान पनि गरिने आयोजकले जनाएको छ ।