श्रृंखलाबद्ध विष्फोटपछि २ सय धर्मगुरुसहित ६ सय देश निकाला

श्रृंखलाबद्ध विष्फोटपछि २ सय धर्मगुरुसहित ६ सय देश निकाला


श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ । विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले गृहमन्त्री बी. अबयवर्दनाले देश निकाला गरिएको बताएका छन् । कुन–कुन देशका नागरिक देश निकाला गरिए भन्ने नखुले पनि प्रहरीले जनाएअनुसार बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तानका नागरिकहरुलाई देश निकाला गरिएको हो ।

यसअघि वैशाख पहिलो साता श्रीलंकाका चर्च र होटलहरुमा श्रृंखलावद्ध बम विष्फोट हुँदा २ सय बढीको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते छन् । विष्फोटको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ ।