सुरक्षा कारबाहीमा ५२ लडाकुको मृत्यु

सुरक्षा कारबाहीमा ५२ लडाकुको मृत्यु


अफगानिस्तानमा प्रायः अशान्त भइरहने पूर्वी प्रान्त घाज्नीमा तालिबान लडाकुविरुद्ध सुरक्षा अधिकारीले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकु मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकु मारिएका रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।

‘अहिलेसम्मको विवरणअनुसार ५२ भन्दा बढी आतंकवादी मारिएका छन्, अफगानी सेनाको तीन टोलीले गरेको पछिल्ला सुरक्षा कारबाहीमा उनीहरू मारिएका हुन्,’ मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

सेनाले शनिबार बिहानैदेखि स्थलगत तथा हवाई कारबाही गरेको उच्च सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

मारिने स्थानीय दुई नेतामा अबु खालिद र क्युमान्दान सार्हादी रहेको पनि मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ अफगानिस्तानको राजधानी काबुलदेखि १२५ किलोमिटर टाढा पर्ने त्यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकुहरूका बीचमा लामो समयदेखि लडाइँ चल्दै आएको छ ।