अन्तर्राष्ट्रिय करातेमा मनमैजु टिम च्याम्पियन

अन्तर्राष्ट्रिय करातेमा मनमैजु टिम च्याम्पियन


नेपालको मनमैजु डोजोले दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । मनमैजुले ५ स्वर्ण, २ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।

नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजो क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ५ कांस्यसाथ बंगलादेश दोस्रो भयो । तेस्रो स्थानको नेपालको ब्लेस एकेडेमीले २ स्वर्ण र ३ कांस्य प्राप्त ग¥यो ।

प्रतियोगिताको पुरुषमा सुवास परियार तथा महिलामा आयुशा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् । पुरस्कारस्वरूप दुवैले माउन्टेन बाइक प्राप्त गरे ।

लैनचारैस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायतले पुरस्कृत गरेका थिए ।