सेनाको आक्रमणबाट इजरायलमा ४ जनाको मृत्यु

सेनाको आक्रमणबाट इजरायलमा ४ जनाको मृत्यु


सेनाको आक्रमणबाट इजरायलमा १४ महिने शिशुसहित ४ जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार चरमपन्थी समूहले २ सयभन्दा बढी रकेटबाट इजरायली क्षेत्रमा आक्रमण गरेपछि जवाफी कारबाही गरिएको हो । आक्रमणबाट तीन जना घाइते भएको सेनाले जनाएको छ ।

बीबीसीका अनुसार इजरायलमा अप्रिलमा भएको चुनावको बेला दुवैतर्फबाट संघर्षविराम भएको थियो । तर, अहिले पुनः तनाव बढेको छ । संयुक्त राष्ट्रसंघले संघर्ष्विराम लम्बाउने प्रयास गर्दागर्दै तनाव बढेको बताइएको छ ।

इस्लामिक जिहादले शुक्रबार सेनाले गरेको आक्रमणको जवाफमा आफूहरुले रकेटमार्फत् हमला गरेको बीबीसीले जनाएको छ । इजरायल सरकारले संघर्ष विरामको सम्झौता उल्लंघन गरेको यस समूहको आरोप छ ।

गजा क्षेत्रमा करिब २० लाख प्यालेस्टाइनी छन् । इजरायलले गरेको नाकाबन्दीका कारण यहाँका जनता आर्थिक रुपमा समस्या भोग्दै आएका छन् ।