आजको पञ्चाङ्ग एवम् राशिफल (२२ वैशाख २०७६ आइतबार, ५ मे २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ वैशाख २०७६ आइतबार, ५ मे २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ परिधावी नामक सम्बत्सर वसन्त ऋतु वि.सं. २०७६ वैशाख २२ गते तद्अनुसार सन् २०१९ मे ५ तारिख, रविबार वैशाख शुक्लपक्ष प्रतिपदा तिथि भरणी नक्षत्र १६ः५७ पर कृतिका सौभाग्य योग किंस्तुघ्न करण १६ः३० पर बालव करण आनन्दादिमा कालयोग चन्द्रमा मेष राशिमा, काठमाडौंमा सूर्योदय विहान ५ः२४ मा भयो र सूर्यास्त साँझ १८ः३९ मा हुनेछ । शुभ समय अभिजित ११ः३४ देखि १२ः२७, अशुभ समय राहुकाल १७ः०० देखि १८ः४० दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – कार्यमा सफलता मिल्नेछ र भाग्यवर्धक काम बन्नेछ । सुख सम्पति मान महत्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । परिवारजनसित मिलेर पिकनिक पार्टी आदि जाने दिन छ । यात्रामा सफलता प्राप्त होला । आरोग्यता बढ्ला । यश ख्याति फैलिनेछ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ ।

बृष राशि – खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । भागदौड चलिरहनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछ । शारीरिक र आर्थिक जोखिमपूर्ण कार्यप्रति सचेत रहनु उचित होला । खर्च बढ्नेछ । आरोग्यताप्रति ध्यान राख्नुपर्नेछ । आर्थिक कार्यमा सचेत रहनुपर्नेछ ।

मिथुन राशि – यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्नेछ । शुभ र भाग्यवर्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्ला । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित मिलन हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछ । इष्टमित्र सन्तान आदिका साथ पाउनुहुनेछ । पारिवारिक कलह शान्त हुनेछ । मान महत्व बढ्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ ।

कर्कट राशि – मान महत्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आरोग्यता बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको साथ मिल्नेछ । भागदौड व्यस्तताको प्रतिफल मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । विवादमा पर्नु र जोखिममा पर्नु उचित हुनेछैन । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीप्रति सचेत रहनुपर्नेछ ।

सिंह राशि – शुभ र भाग्यवर्धक काममा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढ्ला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि – समस्याको समाधान मिल्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । भ्रमण बढ्नेछ । विवाद आदिमा नपर्नु उचित रहला । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्यप्रति पनि सचेत रहनुपर्नेछ ।

तुला राशि – शुभ र भाग्यवर्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक राशि – चन्द्रमा छैठौं स्थानमा भ्रमणशील छ । धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख–आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि होला ।

धनु राशि – सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीत–संगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर राशि – ऋण रोग र शत्रुलाई उपेक्षा नगर्नु उचित होला । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेट बनाई काम गर्नु बेस रहला ।

कुम्भ राशि – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धधक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन राशि – भागदौड भ्रमण होला । हांसविलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित होला । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख–सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।

साताको राशि पनि हेर्नुहोस्-

साताको राशिफल (२१–२७ वैशाख २०७६, ४–१० मे, २०१९)

https://ghatanarabichar.com/147975