अमेरिकी वेरोजगार दर ४९ बर्षयताकै न्यून

अमेरिकी वेरोजगार दर ४९ बर्षयताकै न्यून


रोजगारी सिर्जनाका हिसाबले संयुक्त राज्य अमेरिकाका लागि अप्रिल महिनाले पनि व्यापक सफलताको सन्देश प्रवाह गरेको छ । अमेरिकामा सन् १९६९ पछि अर्थात् विगत ४९ बर्ष यता पहिलो पटक बेरोजगार दर यस वर्ष न्यून विन्दुमा झरेको सरकारद्वारा शुक्रबार जानकारी गराइएको एएफपीले जनाएको छ ।

रोजगार दरमा देखिएको वृद्धिको सफलतासँगै चीन–अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतन्त्रमा कमी आउनसक्ने कतिपयको अनुमान र भयबीच एउटा सकारात्मक सन्देश सञ्चार भएको छ । अमेरिकी राष्ट्रपतिका लागि अर्को कार्यकाल पनि उम्मेदवार बन्ने घोषणा गरेका राष्ट्रपति ट्रम्पलाई निर्वाचनको वातावरण आफू अनुकुल बनाउन सहज बनेको छ ।

अमेरिकी विनिर्माण क्षेत्र, स्वास्थ्य सेवा, कम्प्युटर प्रणाली संरचना, प्रशासनिक सहयोग र अन्य उद्योगहरूमा गत महिना देखिएको रोजगारी सिर्जनाबाट अमेरिकामा अप्रिल महिनामा मात्र दुई लाख ६३ हजार नयाँ अबसर खुलेका सरकारी तथ्याङ्कमा उल्लेख छ ।

अर्थशास्त्रीहरूले रोजगारीका अबसरबारे अपेक्षा गरेभन्दा अप्रिलमा सिर्जना भएका अबसरका बाबजुद पनि कामदारको तलव तथा ज्यालामा वृद्धि हुने बताइएको छ ।

रोजगारविहीन दर दुई दशांसले घटी ३.६ प्रतिशत पुगेको भएपनि कतिपय अमेरिकीहरूले अझै रोजगारीको अवसरबाट बञ्चित देखिएका तथ्याङ्कमा उल्लेख छ ।

गत बर्षको अप्रिल महिनाको तुलनामा औषत प्रतिघण्टाको वेतन दरमा यो बर्षको सोही अवधिमा ३.२ प्रतिशत बढेको छ । यो अमेरिकी रोजगारी दरमा निरन्तर नवौँ महिनाको वृद्धि हो । गत मार्च महिनाको तुलनामा पारिश्रमिक असुलमा मात्रै ०.२ प्रतिशत वृद्धि आउँदा यस पहिले अमेरिकाले गरेको पक्षेपणभन्दा निकै भिन्नता देखिएको छ ।

यद्यपि आगामी दिनमा अमेरिकी ब्याजदर कटौतिका लागि अमेरिकी फेडेरल रिजर्भ तथा लगानीकर्ताहरूमा दवाब रहने र थप रोजगारीका अवसर सिर्जना हुने सम्भावना निकै न्यून रहेको विश्लेष्कहरूले बताएका छन् । निर्माण क्षेत्रमा पनि थप रोजगारीका अवसर आउने सम्भावना पनि न्यून रहेको छ ।