केही उन्मुक्तक

केही उन्मुक्तक


  • रामेश्वर राउत मातृदास

१)

समर युद्ध–मैदानमा मातृदास जोडिएको छ
स्वार्थीहरूको लर्कनमा मातृदास छोडिएको छ
कठिन काँढा अन्यायका स्वीकार हुन्न कहिल्यै
अनन्त नीलगगनमा न्याय अमर तारो छ ।

२)

न मुजुर बचे न ढुकुर
जतासुकै भुक्छन् भुस्याहा कुकुर
हिँडौँ बाटो हिँड्न भएन गिँडौँ गोडा गिँड्न
सनातन सत्य लम्कँदै छ लुखुर–लुखुर ।

३)

कि तँ छैनस् कि म
कि म छैन कि त तँ
उप्रान्त, हाम्रो आँट भेट युद्धमैदानमा मात्र हुन्छ
समयले सहन्न सधैँ प्रेम प्रताडित वह ।

४)

भतुवाको भात विवेकहीनको सत्ता
देश–दुनियाँ अलपत्र छन्, कता बेपत्ता
समयसँग सम्पूर्ण हिसाब मौजुदा छ
सार्वभौम जनता छौँ, निरङ्कुश नभए हुन्छ मैमत्ता

५)

पानीले आफ्नो सतह आफैँले मिलाउँछ
समयले समयलाई सधैँ अमृत पिलाउँछ
निराश र हतोत्साह जीवनको रोग हो
आँट र उत्साहलाई युगले विजयी माला दिलाउँछ ।

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती