साताको राशिफल (२१–२७ वैशाख २०७६, ४–१० मे, २०१९)

साताको राशिफल (२१–२७ वैशाख २०७६, ४–१० मे, २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंस ज्योतिषाचार्य

साताको चाडपर्व :

शनिबार – दर्शश्राद्धम्, मातृसम्मान दिवस, कान्तिपुरे मातातीर्थेस्नान, चाँगुनारायण छिन्नमस्ता किलेश्वर मूलरथयात्रा । आइतबार – ललितपुरे मत्स्येन्द्रनाथ रथारोहणम् । मंगलबार –परशुराम जयन्ती, अक्षयतृतीया, धर्मघटादिदानम्, कोटेश्वर महादेवमा शिव–पार्वती विवाह महोत्सव, लुभू महालक्ष्मी भैरवयात्रा । बुधबार – ललितपुरे मत्स्येन्द्रनाथ रथयात्रारम्भ, रेडक्रस दिवस । विहीबार –आद्यगुरु शंकराचार्य र रामानुजाचार्य जयन्ति, कानून दिवस ।

साताको राशिफल :

मेष राशि – शनिबार र आइतबार शुभ फलदायक सावित हुनेछ । धनको आगमन भैरहनेछ । अरुको भर नपरी आफ्नै बलबिबेकले काम गर्नु हीतकर होला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति मान महत्वमा वृद्धि होला । सोमबार, मंगलबार, बुधबार र विहीबारतिर समस्या समाधानको नयाँ सम्भावना देखापर्ला । आँट उत्साह बढ्नेछ । धन यश मान महत्व बढ्ला । आय वृद्धि हुनेछ । लगानी उठ्ला । यात्रा होला । साथीभाइको सहयोग समर्थन मिल्नेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । दुःख दूर होला । विवाद आदिमा नपर्नु उचित हुनेछ । बिहीबार र शुक्रबारतिर प्रेममा सफल हुनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र, सन्तानको सहयोग प्राप्त होला । अनावश्यक खर्च बढ्ने, व्यर्थको यात्रा हुने, विवादमा परिने तथा धोखा आदिमा फसिने डरप्रति सचेत रहनुपर्ला । अरुको भर नपरी आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । वार्तामा सफलता मिल्नुसँगै आर्थिक प्रगति होला । इष्टमित्रसित भेटघांट हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्यमा कमी आउने छैन ।

बृष राशि – शनिबार र आइतबार सुख विलास बढ्ला । मान–सम्मान बढ्नेछ । मिठो भोजन मिल्नेछ । भोज भत्तेरमा सहभागी हुन पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापरेर आशा उत्साह बढ्नेछ । सोमबार, मंगलबार र बुधबारतिर कार्य गति बढ्ला । धनको आगमन हुनेछ । उन्नति–पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । सफलता मिलीरहला । विहीबार र शुक्रबारतिर समस्याको समाधान मिल्नेछ । कार्य बन्ने नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । सुख आनन्द बढ्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । शैक्षिक सफलतासँगै प्रेमपथमा पनि प्रगति हुनेछ । आयस्रोत बढ्ला । देखापरेको समस्याको समाधान मिल्नेछ । अरुको भर नपरी आफ्नै योजनानुसार काम गर्नु उचित रहनेछ । मित्र मिलन हुनेछ । सन्तान सुख बढ्ला । आर्थिक सुधार होला । मान पुरस्कार मिल्नेछ ।

मिथुन राशि – शनिबार र आइतबारतिर उन्नति–पदोन्नति होला । हांविलासमा आकर्षण बढ्नेछ । अन्नधन बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम हुनेछ । सुख शान्ति मिल्नेछ । आयस्रोत बढ्ला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान पुरस्कार प्राप्त होला । यात्रामा सफलता मिल्नेछ । सोमबार र मंगलबारतिर खर्च बढ्ला । हासविलासमा आकर्षण बढ्नेछ । बिहीबार र शुक्रबारतिर यश मान बढ्ला । मनोकुलको काम बन्नेछ । धनधान्य बढ्नेछ । हांसविलास, खेलकूद, भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको साथ पाइनेछ । उत्साह बढ्ला । विजयश्री मिल्नेछ् । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला ।

कर्कट राशि – शनिबार र आइतबारतिर भागदौड भैरहला । प्रगति दर बढ्नेछ । विलास कर्ममा रुचि बढ्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । सम्पत्ति बढ्नेछ । सोमबार, मंगलबारतिर आर्थिक पक्षको कार्यमा सफलता प्राप्त होला । । वार्तामा सफलता मिल्नेछ । धन यश मान पुरस्कार मिल्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । सुख समृद्धि बढ्नेछ । आफन्तको सहयोग मिल्ला । पारिवारिक शान्ति विकसित हुनेछ । यात्रापरक काम बन्नेछ । आरोग्यता वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । बुधबार र विहीबारतिर खर्च व्यस्तता बढ्ला । शुक्रबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

सिंह राशि – साताका पहिला दुई दिनमा काममा सफलता मिल्नेछ । सुख दायित्वमा बढोत्तरी आउला । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । ऐन–कानूनको साथ मिल्नेछ । तेस्रो, चौंथो र पाँचौं दिनमा खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । यात्रा होला । विलास कर्ममा रुचि बढ्ला । धन मान बढ्नेछ । मिठो भोजन मिल्नेछ । छैठौं दिनमा सुख समृद्धि बढ्नेछ । सातौं दिनमा शुभ र भाग्यवर्द्धक कार्यमा ध्यान राख्नुपर्ला । रसरागमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । खर्च बढ्ला ।

कन्या राशि – साताका सुरुका दुई दिन मध्यम फलदायक रहला । धनको आवागमन भैरहनेछ । तेस्रो, चौंथो र पाँचौं दिन अत्यन्तै शुभ सावित हुनेछन् । यात्रा होला । मनोकूलको काम बन्नेछ । दायित्व बढ्नेछ । साझेदारीको कार्य बन्ला । आयस्रोत बढ्नेछ । विजयश्री मिल्नेछ । सुख आनन्द बढ्ला । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तान सुख बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । सुख समृद्धि धन यश मान बढ्ला । कुसल रहनुहुनेछ । ऐनकानूनको साथ मिल्नेछ । छैठौं र सातौं दिनमा शुभ हुनेछ । मनोकूलको काम बन्नेछ । भागदौड बढ्ला । हांसविलासमा रुचि बढ्ला । योजनानुसार काम गर्नु उचित हुनेछ । यात्रा होला । आर्थिक काम बन्ला । सुख सम्मान बढ्नेछ । मनोकूलको काम बन्नेछ ।

तुला राशि – शनिबार र आइतबार शुभकर रहनेछन् । शारीरिक र आर्थिक काम बन्नेछ । आफन्तको साथ मिल्ला । ऋण रोग र शत्रुप्रति विजय मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा हुनेछ । मनोकूलको कार्य बन्नेछ । आय वृद्धि होला । मिठो भोजन मिल्नेछ । सुख आनन्द बढ्ला । सोमबार र मंगलबारतिर जोखिममा पर्नु र लापर्वाही गर्नु उचित हुनेछैन । बुधबार, बिहीबार र शुक्रबारको शुभ र भाग्यवर्द्धक काम बन्नेछ । उन्नति–पदोन्नति होला ।

वृश्चिक राशि – शनिबार र आइतबार हांसविलासमा व्यतित होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्ला । आमोदप्रमोदमा आकर्षण बढ्ला । सोमबार, मंगलबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । मनोकूलको काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । विजय मिल्नेछ । साझेदारीको कार्य पनि बन्नेछ । सुख आनन्द प्राप्त होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । बुधबार र विहीबारतिर खर्च बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । कुनै पनि प्रकारको जोखिममा नपर्नु बेस होला । शुक्रबार शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

धनु राशि – साताका सुरुका दिनहरु लाभदायक उन्नतिवर्द्धक र सुखकारक सावित होलान् । मिठो भोजन मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सुख सन्तति बढ्ला । साझेदारीको काम बन्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । सोमबार, मंगलबार, बुधबार र बिहीबारतिर इष्टमित्रको साथ भेट्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । हांसविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । साझेदारीसित सम्बन्धित नयाँ काम बन्नेछ । रोकिएको काममा सफलता मिल्ला । मान महत्व बढ्नेछ । प्रेममा सफलता मिल्ला । शुक्रबारको कुनै प्रकारको जोखिममा नपर्नु उचित होला ।

मकर राशि – साताका सुरुका दुई दिनसम्म बिबादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । तेस्रो, चौंथों र पाँचौं दिनमा बौद्धिक र रचनात्मक काम बन्नेछ । धनसम्पत्ति बढ्ला । मिठो भोजन मिल्नेछ । सुखको बस्तु बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । सम्पत्ति मान महत्व सुख शान्ति बढ्नेछ । छैठौं र सातौं दिनमा स्वास्थ्यमा सुधार आउनेछ । प्रेम पथमा प्रगति हुनेछ । शैक्षिक र रचनात्मक काम बन्नेछ । सुख आनन्द प्राप्त होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रुचि बढ्नेछ । महत्वपूर्ण कार्यमा आफ्नै बल र विवेकको उपयोग गर्नु पर्ला । कुनै पनि जोखिमको काममा नफस्नु उचित हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कुम्भ राशि – शनिबार र आइतबारको भागदौड भैरहनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको र सन्ततिको सहयोग मिल्नेछ । खेलकुदमा सफलता प्राप्त होला । विकासको नयाँ सम्भाबना देखापर्ला । आरोग्यता बढ्ला । विलासी मनोवृत्ति बढ्ला । सोमबार र मंगलबारतिर विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । साताका बाँकी दिनहरुमा सफलता र समृद्धि मिल्नेछ । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मान महत्व बढ्नेछ ।

मीन राशि – शनिबार र आइतबार सफलता कारक रहनेछन् । आरोग्यता बढ्नुको साथै सुख समृद्धि प्राप्त होला । मिठो भोजन खान पाइनेछ । रसरागमा रुचि बढ्ला । विवाद आदिमा नपरी अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु उचित हुनेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सोमबार, मंगलबारतिर आफन्त मिलन हुनेछ । वार्तामा सफलता भेट्ला । आनन्द मिल्नेछ । लगानी बढ्नेछ । शिक्षामा सफलता मिल्नेछ । सुख सन्तति बढ्ला । आरोग्यता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोकिएको काम बन्नेछ । विजयश्री मिल्नेछ । बुधबार र विहीबारतिर विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । शुक्रबारको प्रेमपथमा प्रगति हुनेछ । सुख–सम्पति बढ्नेछ । आरोगयता बढ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । इष्टमित्र सन्तानको सुख मिल्नेछ ।