सोलोमोन द्वीपमा ६.१ म्याग्निच्युडको भूकम्प

सोलोमोन द्वीपमा ६.१ म्याग्निच्युडको भूकम्प


सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको हो ।

सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन ।