आफ्नै अंगरक्षकसँग विवाह थाइल्यान्डका राजाको विवाह

आफ्नै अंगरक्षकसँग विवाह थाइल्यान्डका राजाको विवाह


थाई नरेश महावाजिरलंकोर्णले आफ्नै अंगरक्षकसँग विवाह गरेका छन् । ६६ वर्षीय थाई नरेश महावाजिरलंकोर्णले ४० वर्षीया आफ्नै व्यक्तिगत सुरक्षा दस्ताकी सुथिदासँग विवाह गरेका हुन् । उनले सुथिदासँग विवाह गरी रानीको पनि उपाधि दिएका छन् ।

थाई एअरवेजमा एअरहोस्टेज रहेकी सुदिथालाई महावाजिरलंकोर्णले सन् २०१४ मा आफ्नो अंगरक्षक सदस्यका रूपमा सामेल गरेका थिए । उनलाई सन् २०१६ मा थाई सेनाको जनरलमा बढुवा गरिएको थियो ।

थाई नरेश महावाजिरलंकोर्णको यो चौथो विवाह हो । यसअघि उनले तीनवटा विवाह गरी सम्बन्धविच्छेद गरिसकेका छन् । सात सन्तानका बाबु बनिसकेका महावाजिरलंकोर्ण र सुथिदा लामो समयदेखि प्रेम–सम्बन्ध रहेको आकलन गरिएको थियो ।

सन् २०१६ मा तत्कालीन नरेश भूमिबोल अदुल्यदेजको निधन भएसँगै महावाजिरलंकोर्ण थाइल्यान्डको राजा बनेका भए पनि औपचारिक गद्दी आरोहण भने शनिबार शुरु हुने कार्यक्रम रहेकोले आफ्नो औपचारिक गद्दी आरोहणअघि उनले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।