श्रीलङ्कामा भएको आतङ्ककारी आक्रमणमा ४२ विदेशी मारिएको पुष्टि

श्रीलङ्कामा भएको आतङ्ककारी आक्रमणमा ४२ विदेशी मारिएको पुष्टि


अप्रिल २१ का दिन श्रीलङ्कामा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २ सय ५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले पुष्टि गरेका छन् । अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

तीनवटा चर्च र तीनवटै होटलमा भएका यस आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँचजना विदेशी नागरिक अझै पनि उपचारार्थ अस्पतालमा भर्ना भएका बताइएको छ ।

श्रीलङ्काको विदेश मन्त्रलयद्वारा जारी विज्ञप्तिका अनुसार यस आक्रमणहरुका मारिएका सबभन्दा धेरै विदेशी नागरिक भारतका रहेका छन् । भारतका १२ जना नागरिक परेका, त्यसपछि क्रमशः बेलायतका ६ जना, चीनका चार जना र डेनमार्कका तीन जना रहेका एएफपीले जनाएको छ ।

त्यसैगरी साउदी अरेबिया, स्पेन र टर्कीका दुई दुई जनाले सो आक्रमणमा ज्यान गुमाए भने बङ्गलादेश, जापान, नेदरल्याण्ड, पोर्चुगल स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका एक एक नागरिकले सो आक्रमणमा परी ज्यान गुमाएका छन् ।

यसअघि प्राप्त समाचारमा श्रीलङ्कामा भएको यस आक्रमणमा परी ४० विदेश नागरिक मारिएका उल्लेख गरिएको थियो ।