रहेनन् संगीतकार बिजु बज्र

रहेनन् संगीतकार बिजु बज्र


नेपाली संगीत क्षेत्रका प्रतिभा विजु बज्रको निधन भएको छ । मुटुरोगबाट पीडित बज्रको राजधानीको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा आइतबार निधन भएको हो ।

०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मिएका बज्र २१ वर्षकै उमेरमा ०४९ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गरी नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका थिए ।

१५ सयभन्दा बढी गीतमा संगीत दिएका बज्रले मै ठूली भै’छु रे आइदेऊ घुम्टी ओढाइदेऊ, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु, विस्तारै छायो आँखामा अँध्यारोलगायतका चर्चिच गीतमा संगीत भरेका छन् ।

स्वर्गीय संगीतकार बज्रका श्रीमती, २ छोरा र १ छोरी छिन् ।