श्रीलङ्का आक्रमणको दुष्परिणाम : पर्यटन क्षेत्रमा डेढ अर्ब डलर घाटा पर्नसक्ने

श्रीलङ्का आक्रमणको दुष्परिणाम : पर्यटन क्षेत्रमा डेढ अर्ब डलर घाटा पर्नसक्ने


श्रीलङ्कामा गत हप्ता क्रिश्चियन पर्व इस्टरका दिन भएको आतङ्कवादी आक्रमणका कारण पर्यटकको आगमनमा ३० प्रतिशतले कमी आउनसक्ने त्यहाँको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आक्रमणका कारण विदेशी पर्यटकले यसअघि गरेको होटेलहरूको वुकिङ रद्द गर्ने क्रम देखिएको होटेल व्यवसायीहरूले जनाएका समय अर्थमन्त्रालयको उक्त भनाई सार्वजनिक भएको हो ।

आक्रमणको प्रभावका कारण पर्यटन क्षेत्रमा यस वर्ष करिब डेढ अर्ब अमेरिकी डलर बराबरको प्रभाव पर्नसक्ने देखिएको त्यहाँको मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

‘आक्रमणका कारण सबैभन्दा नराम्रो असर पर्यटन क्षेत्रमा पर्नेछ,’ श्रीलङ्कन अर्थमन्त्री मङ्गला समरावीराले भनेका छन्– ‘झण्डै ३० प्रतिशतको हाराहारीमा पर्यटकको आगमनमा गिरावट आउने र यसको कारण वैदेशिक विनिमय दरमा डेढ अर्ब अमेरिकी डलरको क्षति पुग्ने हाम्रो अनुमान रहेको छ ।’

गत आइतबार देशका शहरी क्षेत्रमा रहेका सुविधासम्पन्न होटेल र गिर्जाघरमा भएका आक्रमणमा जम्मा २ सय ५३ जनाको मृत्यु भएको र यसमध्ये केही विदेशी नागरिक पनि रहेका समरावीराले बताए ।

प्रभावित पर्यटन व्यवसायले पूर्ण रूपमा आक्रमणपहिलेको अवस्थामा आउन करिब दुई बर्ष लाग्ने उनको भनाई छ ।

एक दशक पहिले अन्त्य भएको दशकौँ (३७ बर्ष) लामो गृहयुद्धको खाटो बस्न नपाउँदै विश्वलाई नै स्तब्ध पार्नेगरी भएका आक्रमणमा विदेशी आतङ्कवादी समूहको सहकार्यमा स्थानीय स्लामिक अतिवादी (आइएस) समूहको सम्लग्नता रहेको सरकारी पक्षको भनाई रहेको छ ।

आइएस समूहले आक्रमणमा आफ्नो सम्लग्नता रहेको जनाएपनि विदेशी समूहको उक्साहटमा स्थानीय अतिवादी स्लामिक समूहको सम्लग्नता रहेको सरकारी अधिकारीको दाबी छ ।

श्रीलङ्काको इतिहासमा पर्यटनको भूमिका उल्लेखनीय रहेको र आइतबारको आक्रमणका कारण पर्यटन क्षेत्रलगायतका बिषयमा प्रभाव पर्दा राज्यको राजश्व वृद्धि गत वर्षको ४ अर्ब ६० करोड अमेरिकी डलरबाट पाँच अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्यमा असर पर्नसक्ने अर्थ मन्त्रालयले जनाएको छ ।

श्रीलङ्कामा भारत, बेलायत, चीनलगायतका मुलुकबाट ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गर्छन् ।

pic: AFP