शारीरिक सुगठनमा सरोज सिंहले जिते स्वर्ण

शारीरिक सुगठनमा सरोज सिंहले जिते स्वर्ण


आठौँ राष्ट्रिय खेलकुद १६औँ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । बुटवल ४ स्थित महेन्द्र सभागृहमा सम्पन्न प्रतियोगितामा ५५ केजी तौल समूहमा रूपन्देही जिल्लाका सरोज सिंह प्रथम हुँदै स्वर्ण जितेका छन् । यसैगरी झापाका हर्कबहादुर राई दोस्रो हँुदै रजत तथा कास्कीका मोती गुरुङ तेस्रो हुँदै कास्यमा चित्त बुझाए ।

यसैगरी प्रतियोगिताअन्तर्गत ६० केजी तौल समूहमा काठमाडांैका आवाज प्याकुरेल प्रथम हँुदै स्वर्ण जितेका छन् । रूपन्देहीका सुनिल आले रजत पदकमा चित्त बुझाए भने कास्कीका मौलादिन मियाँ कांस्यबाट पुरस्कृत भए । प्रतियोगिताको ६५ केजी तौल समूहमा झापाका चन्द्रलक्ष्मण लिम्बूले प्रथम हुँदै स्वर्ण जितेका छन् । कास्कीका सुरेश लामाले रजत तथा रूपन्देहीका अमित पंगेनीले कांस्यमा चित्त बुझाए ।

७० केजी तौल समूहमा काठमाडौंका अनिललाल श्रेष्ठ प्रथम हुँदै स्वर्ण जितेका छन् । झापाका रक्की रिमाल दोस्रो हुँदै रजत तथा रूपन्देहीका विजेन्द्रमान श्रेष्ठ तेस्रो हँुदै कांस्यमा चित्त बुझाए । प्रतियोगिताको ७५ केजीको तौल समूहमा त्रिभुवन आर्मी रमेश कार्की प्रथम हँुदै स्वर्ण जितेका छन् । सुर्खेतका सुरेन्द्र थापा दोस्रो हुँदै रजत र रूपन्देहीका खेम चौधरी तेस्रो हुँदै कांस्यमा चित्त बुझाए । यसैगरी ८० केजी तौल समूहमा रूपन्देहीका चन्द्रमान श्रेष्ठ प्रथम हुँदै स्वर्ण पदक जितेका छन् । यसैगरी काठमाडौंका कृष्ण महर्जन दोस्रो हुँदै रजत तथा कास्कीका विनय परियार तेस्रो हुँदै कांस्यमा चित्त बुझाए ।

प्रतियोगिताको ८० प्लस केजी तौलसमूहमा काठमाडौंका नरेश मालाकारले प्रथम हुँदै स्वर्ण हात पारेका छन् । बाँकेका सुनिलकुमार भाट दोस्रो हुँदै रजत तथा रूपन्देहीका विष्णु निषाद तेस्रो हुँदै कांस्यमा चित्त बुझाए । सात स्वर्णका लागि ५५ केजीदेखि ८५ केजी प्लससम्मका ७ इभेन्टमा देशभरिकाबाट ४० जना खेलाडीले भाग लिएका थिए ।