आईटीएफ तेक्वान्दोमा दिलेनले जिते स्वर्ण

आईटीएफ तेक्वान्दोमा दिलेनले जिते स्वर्ण


आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत जारी १९औँ महिला तथा पुरुष राष्ट्रिय आईटीएफ प्रतियोगिताअन्तर्गत वैशाख ९ गते सोमबार भएको पुरुष ५६–६० किलो तौल समूहमा आर्मीका दिनेश बुढामगरले स्वर्ण पदक जितेका छन् । प्रदेश नम्बर ३ का कासाङ दोर्जे लामाले रजत तथा एपीएफका प्रज्ज्वल गड्तौला र प्रदेश नम्बर ५ का राजु चौधरीले कांस्य पदक जिते ।

त्यस्तै ६१–६५ किलो तौल समूहमा एपीएफका गोविन्द धिमालले स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशका प्रवीण थापामगरले रजत तथा प्रदेश नम्बर ३ का आशिष भुजेल र प्रदेश नम्बर पाँचका विवेक नेपालीले कांस्य पदक जिते ।

६६–७० किलो एक नम्बर प्रदेशका दिलेन राईले स्वर्ण पदक जिते । एपीएफका नाङगेल तामाङले रजत तथा आर्मीका ललितबहादुर बस्नेत र प्रदेश नम्बर ३ का सकिर श्रेष्ठले कांस्य पदक जिते । ७१–७५ किलो तौल समूहमा आर्मीका भीमबहादुर तामाङ पहिलो तथा एपीएफका हर्कलाल राजवंशी दोस्रो भए । १ नम्बर प्रदेशका निसान खत्री र प्रदेश नम्बर ३ का डेबिड घलेले कांस्य पदक जिते ।

महिलाको ४६–५० किलो तौल प्रदेश नम्बर ५ की सुस्मिता रानामगरले स्वर्ण पदक जित्दा, ३ नम्बर प्रदेशकी निलिमा सुनुवारले रजत पदक जितिन् । ७ नम्बर प्रदेशकी सीमा रसाइली र प्रदेश नम्बर ५ की ममता गाहले कांस्य पदक जिते ।

५१–५५ किलो तौल समूहमा आर्मीकी रिना धिमालले स्वर्ण र एपीएफकी सञ्चिता लामाले रजत पदक जिते । गण्डकी प्रदेशकी गंगा थारू र प्रदेश नम्बर २ की सविना श्रेष्ठले कांस्य पदक जिते । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिना र नेपाल आईटीएफका अध्यक्ष अञ्जन धमलालगायतले पुरस्कार प्रदान गरे ।