सानिमा बैंकद्वारा वडामै सामाजिक सुरक्षा भत्ता वितरण

सानिमा बैंकद्वारा वडामै सामाजिक सुरक्षा भत्ता वितरण


सानिमा बैंक कैलाश शाखाले मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा प्रत्येक वडामार्फत सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात गरेको छ।
यस क्रममा बैंकले कैलाश गाउँपालिकाको वडा नं ३ को घुमाउनेमा सामाजिक सुरक्षा भत्ताको वितरण गरेको छ।

कैलाश वडा नं ३ र ४ का १७० जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । सामाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रममा बोल्दै कैलाश गाउँपालिका ३ का अध्यक्ष देवलाल बलले यसरी गाउँ गाउँवबट बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा पारदर्शी पनि हुने र जनताले सुविधा पनि पाउने धारणा राखे ।

यसैगरी वडा नं ४ का अध्यक्ष तिलकबहादुर मोक्तानले बैंकले गाउँघरमै आएर यसरी असाहय बवृद्धवृद्धाहरुको सेवा गर्छ भन्ने कहिले पनि नसोचेको तर सानिमा बैकले यसो गरेकोमा निकै खुसी लागेको बताए ।

सानिमा बैंक, कैलाश शाखाका शाखा प्रबन्धक शदिपविक्रम शाहका अनुसार कैलाश गाउँपालिकामा यस चरणमा १६६० जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । १० वटा वडा रहेको कैलाश गाउँपालिकाको सबै वडाहरुमा कैलाश गाउँपालिकाको समन्वयमा बैकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जानकारी गराए ।

यही वैशाख ८ गते कैलाश ३ को घुमाउनेमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको सानिमा बैंकले ९ गते वडा नं ९ को नामटारमा भत्ता वितरण गर्नुका साथै १० गते वडा नं १० को भाल्टार, ११ गते वडा नं ७ को ताम्लाङ र १२ गते वडा नं ८ को भार्ताबाट पहिलो चरणमा भत्ता वितरण गर्ने कार्यक्रम सम्पन्न गर्नेछ । यस्तै, दोश्रो चरणमा निकट समयमै वडा नं १, २, ४, ५ र ६ मा गएर वितरण गर्ने बैंकले जनाएको छ ।