तारा एयरको विमान रामेछापमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लियो

तारा एयरको विमान रामेछापमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लियो


रामेछापको मन्थली विमानस्थलमा तारा एयरको जहाज अवतरणका क्रममा चिप्लिएर चउरमा धस्सिएको छ ।

काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरको नाइन एनएकेके डोर्नियर विमान मौसम खराब भएपछि रामेछाप विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर चउरमा घस्सिएको हो ।

विमानमा सवार १४ विदेशीसहित तीन चालक दलका सदस्य सबै सकुशल रहेको बताइएको छ । विमान चउरमा धस्सिएपछि अगाडिको चक्कामा क्षति पुगेको छ ।