राप्रपाले भोलि सरकारसँग वार्ता गर्ने

राप्रपाले भोलि सरकारसँग वार्ता गर्ने


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग वार्ता गर्न तीन सदस्यीय वार्ताटोली गठन गरेको छ ।

फागुन ७ गते हिन्दूराष्ट्रको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएर सडकसंघर्षमा उत्रिएको राप्रपालाई आइतबार कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले वार्तामा आउन पत्र पठाएपछि राप्रपाले सरकारको पहलकदमी सकारात्मक भन्दै सोमबार वार्ता समिति गठन गरेको छ ।

भोलि (मंगलबार) सरकार र राप्रपाबीच दिउँसो १ बजे सिंहदरबारमा हुने भनिएको वार्ताका लागि राप्रपाले पार्टीका वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । वार्ता समितिका अन्य दुई सदस्यमा महामन्त्री राजेन्द्र्र लिङ्देन र नेता नीरञ्जन थापा रहेका छन् ।