१६ सय मिटर उचाइमा सोह्र तस्विर

१६ सय मिटर उचाइमा सोह्र तस्विर


  • छविलाल बगाले

काठमाडौंबाट ८ घण्टाको दुरीमा पर्छ लमजुङको पर्यटकिय गाउँ ‘ताँजे’ । एकै ठाउँमा गुजुमुज्ज भएर बसेको यो गाउँ सामुन्द्रिक सतहबाट १ हजार ६ सय मिटरको उचाई अवस्थित छ ।

जिल्लाको विकटमध्येको एउटा गाउँ पनि हो ‘ताँजे’ । केही बर्षअघिसम्म गाउँमा मोटर बाटो र बिजुली बत्ति पुगेको थिएन् । तर गाउँमा जलविद्युत आयोजना पुगेपछि गाउँमा विकास निर्माणको लहर शुरु भएको छ । गाउँमा विकासका पूर्बाधार एकपछि अर्को गर्दै पुग्न थालेपछि गाउँलेहरु गाउँको विकासमा आफैं कस्सिएका छन् ।

प्राकृतिक सम्पदाले भरिपूर्ण भएर पनि ओझेलमा परेको ‘ताँजे’ गाउँलाई देश विदेशमा चिनाउन युवाहरु होमस्टेको विकासमा छन् । अहिले युवाकै सक्रियतामा गाउँमा ३ घरमा होमस्टे सेवा संचालनमा ल्याएका छन् । जहाँ १५ जनाको क्षमता छ ।

स्थानीय फाँटमा फलेको मार्सी चामलको स्वादिलो खाना, कालो भटमास, सिस्नो, कोदोको ढिँडो, गुन्द्रुक यहाँको अर्गानिक परिकारहरु हुन् ।

लमजुङ सदरमुकाम बेसीशहरबाट उदिपुर हुँदै नौथर, शेरा, हिले हुँदै दोर्दी खोलाको तिरैतिर २ देखि ३ घण्टामा ‘ताँजे’ पुग्न सकिन्छ । डुम्रे–बेसीशहर सडकखण्डको उदिपुरदेखि ताँजेसम्म ३० किलोमिटर कच्ची सडकको यात्रापछि गाउँमा पुग्न सकिन्छ ।

स्थानीयको न्यानो माया र आतिथ्ताले गाउँमा पुग्ने जो कसैको पनि मन लोभ्याउने गर्दछ ।