गुल्मी सेवा समाज ओमानको अध्यक्षमा ढकाल

गुल्मी सेवा समाज ओमानको अध्यक्षमा ढकाल


  • आरके श्रीवास्तव, ओमान

गुल्मी सेवा समाज ओमानको दोस्रो महाधिवेशन शुक्रबार (१९ अप्रिल) सम्पन्न भएको छ । राजधानी मस्कटस्थित अजैवा होटेल अपार्टमेन्टमा सम्पन्न अधिवेशनले दुर्गाप्रसाद ढकालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा सूर्य पन्थी, उपाध्यक्ष महादेव हितान, महासचिवमा टेकराज भण्डारी, सचिवमा हरि डेगा, कोषाध्यक्षमा ठाकुरप्रसाद डमरपाल र संरक्षकमा घनश्याम भण्डारी चयन गरिएका छन् ।

समाजका पुर्वअध्यक्ष घनश्याम भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली राजदूतावास ओमानबाट श्रम सहचारी कृष्णकुमारी गौली प्रमुख अतिथिका रुपमा सहभागी थिए भने विशिष्ट अतिथिका रूपमा एनआरएन केन्द्रिय सचीव डीबी क्षेत्री, गैरआवासीय नेपाली सोसल क्लब ओमानबाट सेवन्त पुर्जा पुन, नेपाली समाज ओमानबाट दिल रोक्का, ओमान नेपाली एकता समाज अध्यक्ष छविलाल बस्नेत, नेपाल मगर संघ ओमानबाट उपाध्यक्ष यमु थापा, नेपाली महिला समुह ओमानबाट गोमा थापा, प्रवासी नेपाली एकता मञ्च ओमानबाट सोमकृष्ण श्रेष्ठ, तामाङ समाज ओमानका उपाध्यक्ष विरोज तामाङ, तमु समाज ओमानका अध्यक्ष पुर्ण गुरुङ, जन सम्पर्क समिति ओमानका कार्यवाहक सभापति शालिकराम चापागाईं, अन्तर्राष्ट्रिय साहित्य समाज ओमानबाट अध्यक्ष सुशील पुन ९बिरही ० मगर, नेपाली विवेकशील दल ओमानबाट जीवन कार्की, बागलुङ सेवा समाज ओमानबाट अध्यक्ष खेम खड्का, पाल्पाली परिवार ओमानबाट कमल पराजुली, विभिन्न मिडियाका संचारकर्मीसहित ओमानमा क्रियाशील संघ सस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

तोलाकान्त भट्टराईको सञ्चालन र स्वागत मन्तव्य समाजका वरिष्ठ उपाध्यक्ष सुर्य पन्थीले दिएका सो कार्यक्रममा उपस्थित सबैले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।