बारमा कार्यसमितिको पदभार ग्रहण

बारमा कार्यसमितिको पदभार ग्रहण


कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसन निर्वाचन २५औँ नयाँ कार्यसमितिको पदाधिकारीले औपचारिकरुपमा पदभार ग्रहण गरेका छन् ।

बारको गत चैत १६ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित नवनिर्वाचित कार्यसमितिलाई बार निर्वाचन समितिका निर्वाचत अधिकृत दामोदर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

बारका निर्वतमान अध्यक्ष शेरबहादुर केसीले वर्तमान पदाधिकारीलाई माइनोट हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले स्वतन्त्र, निष्पक्ष र कानूनी शासनका निम्ति बारले क्रियाशीलरुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । नयाँ केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।