सर्वोच्च भन्छ– तत्काल पब्जी गेममाथि प्रतिबन्ध नलगाऊ

सर्वोच्च भन्छ– तत्काल पब्जी गेममाथि प्रतिबन्ध नलगाऊ


पब्जी खेलमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सरकारले प्रतिबन्ध लगाएको पब्जी खेल खुला गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

अधिवक्ता प्रविन सुवेदीले वैशाख ३ गते सर्वोच्चमा पब्जीमाथि प्रतिबन्ध लगाउन नहुने भन्दै दायर गरेको रिटमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी गेम खुलाउन आदेश दिएको हो ।

सरकारले चैत अन्तिम साता बालबालिका र किशोरकिशोरीमाझ पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा यस खेलमा प्रतिबन्ध लगाएको थियो ।

सन् २०१७ को मार्चमा रिलिज भएको यो खेलका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक पब्जी खेल्छन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आईओएस प्लाटफर्ममा उपलब्ध छ ।