बाबु बने आर्यन सिग्देल

बाबु बने आर्यन सिग्देल


बिहे गरेको पाँच वर्षपछि अभिनेता आर्यन सिग्देललाई पुत्रलाभ भएको छ । आर्यनकी पत्नी सपना भण्डारीले वैवाहिक वर्षगाँठकै दिन शुक्रबार (आज) चिरायु अस्पतालमा छोरा जन्माएकी हुन् ।

आमा सपना र शिशुको अवस्थामा सामान्य रहेको बताइएको छ । आर्यन र सपना पाँच वर्षअघि आजकै दिन अर्थात् ०७१ को वैशाख ६ गते विवाहबन्धनमा बाँधिएका थिए ।