बम निष्क्रिय पार्दा घाइते बनेका सैनिकलाई काठमाडौं पठाइयो

बम निष्क्रिय पार्दा घाइते बनेका सैनिकलाई काठमाडौं पठाइयो


पोखरामा नेत्रविक्रम चन्द (विप्लव) समूहद्वारा राखिएका बम निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सो बमबाट कालीभञ्ज्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रेहातको हत्केलामा क्षति भएको छ । उनको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी गराए ।

नेत्रविक्रम चन्द (विप्लव) समूहले बिहीबार पोखराको नदीपुरस्थित प्रदेश सभानजिकको सडकको छेउमा सो बम राखेको थियो ।

rss