सरकारी छाप किर्ते गर्ने पूर्वसभासद पक्राउ

सरकारी छाप किर्ते गर्ने पूर्वसभासद पक्राउ


सरकारी छाप किर्ते गरेको आरोपमा एक पूर्वसभासद पक्राउ परेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको थाहा पाएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिकाको २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समिति गठन गरी बैंक खातासमेत खोलेका थिए ।

पूर्वसांसद यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने तयारी भएको प्रहरीले बताएको छ । उनी रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पनि पक्राउ परेका थिए जुन मुद्दा अहिले पनि विचाराधीन छ ।