दुर्घटनामा भाइको मृत्यु, दाइ घाइते

दुर्घटनामा भाइको मृत्यु, दाइ घाइते


रम्भा गाउँपालिका–३ को ताहुँ देउरालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गाउँपालिका–२ फोक्सिङकोट सुरुमडाँडा बस्ने ३० वर्षीय जिपचालक लालबहादुर सिँजालीको बुधबार साँझ उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते चालकका दाजु देवबहादुर सिँजालीको अहिले सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । लु.१ज १७८६ नम्बरको जिप उकालोमा ब्रेक फेल भई ब्याक भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । स्थानीय मलेङ भन्ने गाउँमा सामान छाडेर फर्कने क्रममा देउरालीनजिकै पुग्न लाग्दा जिप दुर्घटनामा परेको थियो । दुर्घटना बुधबार अपराह्न ४ बजेको समयमा भएको हो ।