पेरुका पूर्वराष्ट्रपति पक्राउ परेपछि आत्महत्या

पेरुका पूर्वराष्ट्रपति पक्राउ परेपछि आत्महत्या


पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन् ।

उनले बुधबार आफ्नै आफैंले घरमा टाउकामा गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनिमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा उनले आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीहरुले जनाएका छन् ।

घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोष्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारहरुसँग भने, ‘यो बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफैंले आफैंलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो ।’