यू–१६ नेपाली क्रिकेट टोलीको घोषणा





थाइल्यान्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि बुधबार १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशालविक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् ।

छनोट हुने खेलाडीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल र किस कार्की छन् । त्यसैगरी तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा पनि छनोटमा परेका छन् । वैकल्पिकतर्फ अभिषेक गौतम, पर्शुराम यादव, अरबाज अन्सारी र विवेक दर्शी रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही वैशाख ७ गते म्यान्मासँग खेल्दै प्रतियोगिताको उदघाटन गर्नेछ ।

समूह ‘ए’मा रहेको नेपालको समूहमा आयोजक थाइल्यान्ड र मलेसिया छन् । त्यस्तै समूह ‘बी’मा हङकङ, सिंगापुर, भुटान र चीन रहेका छन् । नेपाली टोली बिहीबार थाइल्यान्ड जानेछ ।

प्रतिक्रिया