धुलोसहितको आँधीबाट भारतमा ३५ को मृत्यु

धुलोसहितको आँधीबाट भारतमा ३५ को मृत्यु


भारतको विभिन्न राज्यमा मंगलबार राति बेमौसमको वर्षापछि आएको घुलोसहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाारमाध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ ।

त्यसगरी पश्चिम राज्य गुजरातको कैयौँ जिल्लामा आएको धुलोसहितको आँधीमा परी कम्तीका नौजनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदाबाद राजकोट, पटनालगायत अन्य कैयौँ जिल्लाहरू यस आँधीका कारण प्रभावित भएका छन् ।

बेमौसमी वर्षा र आँधीको कारण मध्य प्रदेश र राजस्थानका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई क्षतिपूर्तिस्वरूप २ लाख भारु र घाइतेलाई ५० हजार भारु राष्ट्रिय कोषबाट तत्काल उपलब्ध गराइने प्रधानमन्त्री मोदीले बताए ।