श्यामशरण काठमाडौंमा

श्यामशरण काठमाडौंमा


विवादास्पद बाह्रबुँदे सम्झौताका सूत्रधारहरूमध्येका श्यामशरण मंगलबार (वैशाख ३ गते) नेपाल आएका छन् । भारतका पूर्वविदेशसचिव शरण नेपालमा चार दिन रहने र यसक्रममा प्रचण्डलगायतका केही नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइन्छ । तर, श्यामशरण यसपटक नेपाली नेताहरूसँग भेट गर्ने मुख्य उद्देश्यका साथ नेपाल आएका भने होइनन् ।

संयुक्त राष्ट्रसङ्घको राजनीतिक मामिला विभागको एक बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन् । श्रीलङ्कामा गर्न लागिएको बैठक कराणवश त्यहाँ हुन नसकेपछि काठमाडौंमा भएको हो । बैठकमा नेपालका डा. दीपकप्रकाश भट्ट र विद्याधर मल्लिकले सहभागिता जनाएका छन् । बेग्लै कार्यक्रममा भाग लिन आएका भए पनि श्यामशरणले नेपाली राजनीतिको अन्तर्य बुझ्न केही नेताहरूलाई भेट्ने भएका छन् ।