कबड्डीमा आर्मी, गण्डकी र एपीएफ सेमिफाइनलमा

कबड्डीमा आर्मी, गण्डकी र एपीएफ सेमिफाइनलमा


आठौँअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी, गण्डकी र एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आर्मीले सुदूरलाई ६३–३२, गण्डकीले प्रदेश २ लाई ३७–३६ र एपीएफले प्रदेश १ लाई ६८–२५ ले पराजित गरे । महिलामा आर्मीले गण्डकीलाई ३६–१६, प्रहरीले प्रदेश १ लाई ७१–२२ र प्रदेश ५ ले प्रदेश २ लाई ५३–२४ ले हराउँदै सेमिफाइनल यात्रा तय गरे ।

पुरुष–महिला दुवैमा एक–एक लिग खेल हुने बाँकी छ । उक्त खेलसँगै वैशाख ३ गते मंगलबार सेमिफाइनल पनि हुनेछ ।