महिला बुद्धिचालमा सुजना अगाडि

महिला बुद्धिचालमा सुजना अगाडि


आठौँअन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलामा छैटौँ चरणको खेल सकिँदासम्म आर्मीकी सुजना लोहनी ६ अंकसाथ शीर्ष स्थानमा छिन् ।

प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५–५ अंक जोडेका छन् । पुरुषमा ६ चरणको खेल समाप्तिसम्म प्रहरीका पुरुषोत्तम चौलागाईं तथा एपीएफका क्षितिज भण्डारी समान ५–५ अंकमा पहिलो स्थानमा छन् । उनीहरूलाई समान ४.५–४.५ अंक जोडेका प्रहरीका त्रय मदनकृष्ण कायस्थ, मनीष हमाल र सूरवीर लामा तथा आर्मीका भूपेन्द्र निरौलाले पछ्याइरहेका छन् ।